पूर्व राजाकी छोरी प्रेरणाले दाबी गरेको जग्गा नेपाल ट्रष्टकै भएको सर्वोच्चको ठहर « Khabarhub

पूर्व राजाकी छोरी प्रेरणाले दाबी गरेको जग्गा नेपाल ट्रष्टकै भएको सर्वोच्चको ठहर


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै दायर गरेको रिट खारेज हुने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले यस्तो फैसला सुनाएको हो । फैसलासँगै काठमाडौंको छाउनीस्थति १५ रोपनी जग्गा नेपाल ट्रष्टकै हुने भएको हो ।

स्वर्गीय राजा वीरेन्द्र शाह तथा उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति नेपाल ट्रस्टको मातहत ल्याउने भन्दै सरकाले १ पुस २०६४ मा निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयअनुसार छाउनीमा रहेको १५ रोपनी जग्गा पनि ट्रस्ट मातहत आएको थियो । तर, ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले सरकारले निर्णय गर्नु अगाडि नै आफूले उक्त जग्गा दाइजोमा पाएकाले जग्गा आफ्नो हुने दावी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

प्रेरणाको मागदाबीअनुसार सर्वोच्च अदालतका न्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले उक्त जग्गा नेपाल ट्रस्टको नहुने फैसला सुनाएको थियो ।

तर, नेपाल ट्रस्टले सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएपछि फैसला उल्टी भएको थियो । २१ पुस २०७३ मा प्रधान्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरु दीपक कार्की र सपना प्रधान मल्लको संयुक्त इजलाशले उक्त जग्गा स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको भन्दै प्रेरणाको मागदाबी नपुग्ने फैसला सुनाएको थियो ।

प्रधानन्यायाधीश कार्कीसहितको संयुक्त इजलाशको फैसलाविरुद्ध प्रेरणाले पुनः ६ पुस २०७५ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

तर, शुक्रबार सर्वोच्चको संवैधानिक इजलाशले प्रेरणाको रिट नै खारेज गरिदिएको छ ।

सर्वोच्चले प्रेरणाको रिट खारेज गरिदिएसँगै छाउनीस्थित १५ रोपनी जग्गा अब नेपाल ट्रस्ट मातहत आउने निश्चित भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ४ : ४२ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७