सञ्चारमन्त्री बाँस्कोटाको भनाइमा उद्योगपति चौधरीको टिप्पणी : ‘मन्त्रीलाई नै ज्ञान नहुनु दुःखद’ | Khabarhub Khabarhub

सञ्चारमन्त्री बाँस्कोटाको भनाइमा उद्योगपति चौधरीको टिप्पणी : ‘मन्त्रीलाई नै ज्ञान नहुनु दुःखद’


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिकमको लाइसेन्सका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दिएको अभिव्यक्तिप्रति उद्योगपति तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले कडा टिप्पणी गरेका छन् ।

विहीबार मन्त्री बाँस्कोटाले सीजी टेलिकम्युनिकेसनले २० अर्ब रुपैयाँ चुक्ता गरे लाइसेन्स दिने बताएका थिए । उनले उद्योगपति चौधरीलाई प्रक्रिया पुर्‍याएर २० अर्ब रुपैयाँ तिरे जिएसएम मोबाइलको लाइसेन्स लिन सक्ने बताएका थिए ।

मन्त्री बाँस्कोटाको अभिव्यक्ति आएको भोलिपल्ट शुक्रबार उद्योगपति चौधरीले उनको भनाइमा कडा टिप्पणी गरेका हुन् । चौधरीले राज्यले नै सो रकम १० वर्षमा फरक-फरक किस्तामा तिर्ने ब्यवस्था मिलाएको जनाएका छन् ।

राज्यले मिलाएको व्यवस्थाबारे तालुकदार मन्त्रीले नै ज्ञान नराख्नु दुःखद भएको भन्दै चौधरीले ट्वीटरमा लखेका छन्-

माननीय सञ्चारमन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दु:खद छ।

सबै भ्रमउपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट म उत्सुक छु।

सीजी टेलिकम्यूनिकेसनको लाइसेन्स सम्बन्धमा चौधरी ग्रुपले आइतवार पत्रकार सम्मेलन गरी थप स्पष्ट पार्ने जनाएको छ।

यो पनि पढौं

बिनोद चौधरीले २० अर्ब तिरे टेलिकमको लाइसेन्स पाउँछन्ः मन्त्री बाँस्कोटा

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : ०७ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार