औद्योगिक क्षेत्रमा परिवर्तनको अनुभूत गराउनतर्फ व्यवसायीको ध्यान जानुपर्छः अध्यक्ष प्रचण्ड  « Khabarhub

औद्योगिक क्षेत्रमा परिवर्तनको अनुभूत गराउनतर्फ व्यवसायीको ध्यान जानुपर्छः अध्यक्ष प्रचण्ड 


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा परिवर्तनको अनुभूत गराउनेतर्फ  उद्योगी व्यवसायीहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको केन्द्रीय समितिको शपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई  सम्बोधन गर्दै उनले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउनतर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टीको सरकारले राष्ट्रिय पूँजीपति र गरिबलाई नरम खालको कर नीति लागू गर्नुपर्नेमा यस्तो महसुस नभएको उल्लेख गरे ।

आउने दुई-तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिष्ट पार्टी भन्दैमा भोट नदिने पनि अध्यक्ष दाहालको भनाइ थियो ।

कार्यक्रममा नेकपा निकटका उद्योगी व्यवसायीलाई अध्यक्ष दाहालले पद तथा गोपनियताको शपथ गराएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : ४० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी