हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट « Khabarhub

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी (उनेपा) परित्याग गरेकी विद्या श्रेष्ठ श्रम संस्कृति पार्टी प्रवेश गरेकी छन् । कुलमान घिसिङ नेतृत्वको उनेपा छोडेकी उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीबाट उम्मेदवार बन्ने बताएकी हुन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरेकी छन् ।

हेटौँडा बजार क्षेत्रको सडक विस्तार तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनमा अघि बढाइएको भन्दै उनले त्यसको विरोध गर्दै पार्टी छोडेकी थिइन् ।

जनताको घर–आँगनमा डोजर चलाएर आतंक मच्चाउने प्रवृत्तिलाई स्वीकार गर्न नसक्ने बताउँदै श्रेष्ठले यस्तो नीतिको समर्थन गर्ने पार्टीमा बस्न नसक्ने धारणा सार्वजनिक रूपमा राखेकी थिइन्।

सडक विस्तार कार्य रोक्न पटक–पटक आग्रह गर्दा पनि मन्त्री घिसिङले आफ्नो माग नसुनेको आरोप लगाउँदै उनले उनेपाबाट अलग हुने निर्णय गरेकी थिइन्।

काठमाडौँको स्थायी बासिन्दा भए पनि हेटौँडाको सडक विस्तारविरुद्धको आन्दोलनमा सक्रिय रहँदै आएकी श्रेष्ठ अहिले श्रम, संस्कृति पार्टीको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिन लागेकी हुन्। उनले देश निर्माणका लागि आफूलाई समर्थन गर्न ‘माटो’ चुनाव चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेकी छिन्।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ९ : १५ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत