औद्योगिक क्षेत्रमा परिवर्तनको अनुभूत गराउनतर्फ व्यवसायीको ध्यान जानुपर्छः अध्यक्ष प्रचण्ड  « Khabarhub

औद्योगिक क्षेत्रमा परिवर्तनको अनुभूत गराउनतर्फ व्यवसायीको ध्यान जानुपर्छः अध्यक्ष प्रचण्ड 


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा परिवर्तनको अनुभूत गराउनेतर्फ  उद्योगी व्यवसायीहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको केन्द्रीय समितिको शपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई  सम्बोधन गर्दै उनले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउनतर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टीको सरकारले राष्ट्रिय पूँजीपति र गरिबलाई नरम खालको कर नीति लागू गर्नुपर्नेमा यस्तो महसुस नभएको उल्लेख गरे ।

आउने दुई-तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिष्ट पार्टी भन्दैमा भोट नदिने पनि अध्यक्ष दाहालको भनाइ थियो ।

कार्यक्रममा नेकपा निकटका उद्योगी व्यवसायीलाई अध्यक्ष दाहालले पद तथा गोपनियताको शपथ गराएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : ४० बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन