आलमविरुद्धको मुद्दा अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने प्रस्ताव अस्वीकार « Khabarhub

आलमविरुद्धको मुद्दा अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने प्रस्ताव अस्वीकार


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थुनामा रहेका नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा जिल्ला अदालत रौतहटबाटै सुनुवाइ हुने भएको छ।

अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने सरकारी प्रस्ताव उच्च अदालतले अस्वीकार गरेपछि जिल्ला अदालत रौतहटबाट सुनुवाइ हुने भएको हो ।

उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जले आलमविरुद्धको मुद्दा अन्य अदालतमा सारेर सुनुवाइ हुनुपर्ने सरकारी प्रस्ताव अस्वीकार गरेको हो।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको इजलाशले ८ बुँदामा व्याख्या गर्दै यस्तो आदेश गरेको हो।

आलमको मुद्दा रौतहट जिल्ला अदालतबाट सुनुवाइ गर्न समस्या भएकाले पर्सा जिल्ला अदालतमा सार्न सरकारी पक्षले निवेदन दिएको थियो।

रौतहट जिल्ला अदालतमा सुनुवाइ हुँदा आलम पक्षले साक्षीलगायत अन्यलाई प्रभावमा पार्ने दाबी गर्दै सरकारी वकिलको कार्यालयले पुस १ गते उच्च अदालत वीरगञ्जमा निवेदन दिएको थियो।

सरकारी पक्षको उक्त निवेदनपछि आलम पुस २८ गते धरौटीमा रिहा हुनुपर्ने माग गर्दै उच्च अदालत पुगेका थिए।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : २७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी