कोरोनाबारे जनचेतना जगाउन आज सांकेतिक वाग्मती सफाई गरिने  « Khabarhub

कोरोनाबारे जनचेतना जगाउन आज सांकेतिक वाग्मती सफाई गरिने 


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सन्त्रास बढेकाले वाग्मती सफाइ महाअभियानमा भीड जम्मा नगरी साङ्केतिक रुपमा मात्र सफाइ गरिने भएको छ ।

वाग्मती सफाइ महाअभियानको ३५६औँ हप्तामा तीनवटै सुरक्षा निकायलाई सहभागी नगराइने भएको छ । कोरोना भाइरसको सन्त्रासका कारण नियमित केही अभियानकर्मी जम्मा भएर जनचेतनामूलक कार्यक्रम मात्र गरिने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले  जानकारी दिए ।

अभियानकर्मी पनि नदीभित्र नछिर्ने कार्यक्रम छ । समयमै सजगता अपनाउन गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान साङ्केतिक रुपमा मात्र गर्न लागिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

माथिल्लो क्षेत्रको वाग्मती सफाइ अभियानको दुई हजार २१३ दिनमा धेरै काम भएकाले सन्त्रास रहेसम्मका लागि मानिस जम्मा नगर्ने गरी कार्यक्रम तय गरिएको हो ।

सफाइलाई नित्यकर्मका रुपमा अघि बढाउँदा समयसापेक्ष रुपमा नमूना परिवर्तन गर्दै आएको छ । फोहरबाट ७० प्रतिशत रोग उत्पन्न हुनसक्ने टोलटोलमा जानकारी गराई रोगको मुहान अन्त्य गर्न लागिएको हो ।

पछिल्लो समय विद्यालयका विद्यार्थीलाई समेत नदी सफाइमा परिचालन गरिएको थियो । कोरोनाको सन्त्रास रहेसम्म विद्यालयका विद्यार्थीलाई सफाइमा सरिक नगराइने भएको छ । बिहानको चिसोमा भाइरस ज्यादा सक्रिय हुने र फोहरमैलामा धेरै सक्रिय रहने भन्ने तथ्यहरु सार्वजनिक भइरहेकाले पनि सफाइमा भीड कम गर्न लागिएको हो ।

आज बिहान माथिल्लो क्षेत्रमा ३१७ औँ हप्ताको वाग्मती सफाइ गोठाटारस्थित गाई–बाच्छा संरक्षण स्थलमुनिको नदी किनारमा केही अभियानकर्मी जम्मा भएर साङ्केतिक रुपमा गर्न लागिएको हो । यसैगरी उपत्यकामा सञ्चालित अन्य सफाइ अभियानमा पनि मानिसको भीडभाड कम गरी निरन्तरता मात्र दिइने जनाइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ०१ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको