कोरोना भाइरस : मृत्यु हुनेको संख्या ३४ सय पुग्यो, एक लाख संक्रमित « Khabarhub

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ३४ सय पुग्यो, एक लाख संक्रमित


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा महामारीमा रुपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय पुगेको छ ।

अहिलेसम्म एक लाखभन्दा बढी मानिस प्रभावित भएको सीएनएनले जनाएको छ ।

कोरोनाको संक्रमण फैलने देशको संख्या पनि ८७ पुगेको छ ।

चीनमा मात्रै ८० हजार ५ सय प्रभावित भएका छन् । कोरोनाकै कारण ३ हजार बढी चिनियाँले ज्यान गुएका छन् ।

चीन बाहेकका देशमा कोरोना संक्रमितको संख्या १९ हजार ३ सय पुगेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ३ सय ६० भन्दा बढीले ज्यान गुमाएका छन् ।

कुनकुन देशमा फैलियो संक्रमण

कोरोना भाइरसको संक्रमण अहिलेसम्म ८७ देशमा पुगेको छ । जसमध्ये अफगानिस्तानमा १ जनामा यसको संक्रमण भएको पुष्टि भएको छ ।

त्यस्तै अल्जेरियामा १२ जना, अन्डोरामा एक जना, अर्जेन्टिनामा २ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।

त्यसैगरि अरमेनियामा एक जना, अस्ट्रियामा ४१ जना संक्रमित भएका छन् । अस्ट्रेलियामा ५२ जना संक्रमित छन् भने २ जनाको ज्यान नै गएको छ ।

बहराइनमा ४९ जना संक्रमित छन् भने ब्रुसेलमा ६ जना संक्रमित छन् । बेल्जियममा एक सय नौ जना र भुटानमा एक जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बोस्निया र हरजिगोभिनामा एक जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै ब्राजिलमा ८, चेलीमा ५ जनामा कोरोनाको संक्रमण देखिएकोछ ।

कम्बोडियामा १, क्यानडामा ५१, क्रोएसियामा ६ जनामा संक्रमण देखिएको छ । चेक रिपब्लिकमा १२, डेनमार्कमा ३, डोमिनिकम रिपब्लिकमा २, इक्युडरमा १३, इजिप्टमा १५ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी इस्टोनियामा एक, फिनल्याण्डमा ३, गोरजियामा एकजनामा संक्रमण देखिएको छ । फ्रान्समा ४ सय २३ संक्रमित छन् भने ९ जनाको ज्यान गइसकेको छ । जर्मनीमा संक्रमित हुनेको संख्या ५३४ पुगेको छ भने ग्रीसमा ३१ पुगेको छ ।

हङकङमा १०३ संक्रमित छन् भने २ जनाको ज्यान नै गएको छ । हंगेरीमा पनि एक जनामा संक्रमण भएको पाइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ५५ बजे

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

काठमाडौं– काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता

विश्वकपको पुरस्कार : विजेतलाई ५ करोड डलर, यसपाली औँठी पनि

काठमाडौं – ४८ देशले १०३ वटा खेल खेलिसकेपछि सोमबार बिहान

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

बागमती– हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन

वर्षापछि माइतीघर क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार

शिक्षामन्त्रीलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत

चितवन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आइतबार चितवनमा विद्यार्थीहरूले