कुनकुन देशमा फैलियो कोरोनाको संक्रमण ? « Khabarhub

कुनकुन देशमा फैलियो कोरोनाको संक्रमण ?


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न ९७ देशमा पुगेको छ ।

महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अहिले एक लाख २ हजार ५० जना मानिस बिरामी छन् । जसमध्ये १ सय ३ जना नयाँ संक्रमित हुन् ।

कोरोनाकै कारण विश्वभरमा ३ हजार ४ सय ९४ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसको संक्रमण सबैभन्दा बढी चीनमै छ । चीनमा अहिलेसम्म ८० हजार ८ सय ५१ जना संक्रमित छन् । जसमध्ये ९९ जनामा नयाँ संक्रमण देखिएको छ ।

कोरोनाकै कारण चीनमामात्र ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।

चीनपछि दोस्रो बढी संक्रमण फैलिएको मुलुक दक्षिण कोरिया हो । दक्षिण कोरियामा ६ हजार ५ सय ९३ जनामा संक्रमण छ भने ४३ जनाको मृत्यु भएको छ ।

त्यस्तै इरानमा ४ हजार ७ सय ४७ जनामा संक्रमण फैलिएको छ भने १२४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण फैलिएको छ भने १९७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा ३ सय २१ जनामा संक्रमण देखिएको छ । जसमध्ये २ जना नयाँ संक्रमित हुन् । कोरोनाकै कारण अमेरिकामा १५ जनाले ज्यान गुएका छन् । त्यस्तै बेलायतमा १ सय ६४ जनामा संक्रमण देखिएको छ भने २ जनाको ज्यान गएको छ ।

अफगानिस्तानमा १ जनामा यसको संक्रमण भएको पुष्टि भएको छ । अल्जेरियामा १२ जना, अन्डोरामा एक जना, अर्जेन्टिनामा २ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।

त्यसैगरि अरमेनियामा एक जना, अस्ट्रियामा ४१ जना संक्रमित भएका छन् । अस्ट्रेलियामा ५२ जना संक्रमित छन् भने २ जनाको ज्यान नै गएको छ ।

बहराइनमा ४९ जना संक्रमित छन् भने ब्रुसेलमा ६ जना संक्रमित छन् । बेल्जियममा एक सय नौ जना र भुटानमा एक जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बोस्निया र हरजिगोभिनामा एक जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै ब्राजिलमा ८, चेलीमा ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कम्बोडियामा १, क्यानडामा ५१, क्रोएसियामा ६ जनामा संक्रमण देखिएको छ ।

चेक रिपब्लिकमा १२, डेनमार्कमा ३, डोमिनिकम रिपब्लिकमा २, इक्युडरमा १३, इजिप्टमा १५ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी इस्टोनियामा एक, फिनल्याण्डमा ३, गोरजियामा एकजनामा संक्रमण देखिएको छ । फ्रान्समा ४ सय २३ संक्रमित छन् भने ९ जनाको ज्यान गइसकेको छ । जर्मनीमा संक्रमित हुनेको संख्या ५३४ पुगेको छ भने ग्रीसमा ३१ पुगेको छ ।

हङकङमा १०३ संक्रमित छन् भने २ जनाको ज्यान नै गएको छ । हंगेरीमा पनि एक जनामा संक्रमण भएको पाइएको छ ।

आइसल्याण्डमा संक्रमितको संख्या २६ पुगेको छ भने भारतमा ३१ जनामा संक्रमण भएको पाइएको छ । त्यस्तै इण्डोनेसियामा २, आयरल्याण्डमा १३, इजरायलमा १७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै जापानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । संक्रमितको संख्या १ हजार ४५ पुगेको छ ।

जजजोर्डन, लतभिया, लिथुनिया, लग्जम्बर्ग, मोनाकोमा एकएक जनामा संक्रमणदेखिएको छ भने कुवेतमा ५८, लेबनानमा १३, मकाउमा १०, मलेसियामा ५०, म्याक्सिकोमा ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै मोरक्कोमा १६, न्यूजिल्याण्डमा ४, नाइजेरियामा १, नर्थम्यासिडोनियामा १, नर्वेमा १५ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्डमा ८२ जनामा संक्रमण देखिएको छ भने, एक जनाले ज्यान गुमाएका छन् ।

ओमानमा १६ जना, पाकिस्तानमा ६ जना, प्यालेस्टाइनमा १६ जना, पेरुमा १ जना, पोल्याण्डमा ५ जना, पोर्चुगलमा ८ जना, कतारमा ७ जना, रोमानियामा ३ जनामा संक्रमण देखिएको छ । फिलिपिन्समा ३ जनामा संक्रमण र १ जनाको मृत्यु भएको छ ।

ररसियामा १३, सनमारिनोमा १, साउदी अरेबियामा ५, सेनेगलमा २, सिंगापुरमा १३०, स्लोभियामा १, स्वीडेनमा ५२, दक्षिण अफ्रिकामा १ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा २ सय ६३ जनामा संक्रमण हुँदा ४ जनाको मृत्यु भएको छ । श्रीलंका, ट्युनिसिया, युक्रेन, भ्याटिकनमा पनि एक, एक जनामा संक्रमण देखिएको छ ।

स्वीटजरल्याण्डमा १ सय ८१ मा संक्रमण देखिएको छ । एक जनाले ज्यान गुमाएका छन् । त्यस्तै ताइवानमा ४४ जना संक्रमति छन् भने एक जनाको मृत्यु भएको छ ।

थाइल्याण्डमा ४८ जना संक्रमित छन् भने एक जनाको ज्यान गएको छ । त्यस्तै संयुक्त अबर इमिरेर्टसमा २७ जनामा संक्रमण देखिएको छ भने भियतनाममा पनि १६ जनामा संक्रमण देखिएको छ ।

९७ देशमा एक लाख २ हजार ५० संक्रमित हुँदा १ सय ३ जना नयाँ संक्रमित देखिएका छन् । जसमध्ये ६ हजार १ सय ५३ जना गम्भीर अवस्थाका बिरामी छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ०७ बजे

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक

बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर

काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा