शनिबार दिनभर नै बर्षा हुने, हुम्लामा भारी हिमपात | Khabarhub Khabarhub

शनिबार दिनभर नै बर्षा हुने, हुम्लामा भारी हिमपात


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकभरका अधिकांश भू-भागमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।

बर्षासँगै तापक्रम घटेपछि पुनः चिसो बढेको महशुष भएको छ । पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि नै भइरहेको वर्षा आज दिनभर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आइतबारदेखि भने मौसम सुधार हुनेछ । हिमाली भेगमा भने हिमपात भएको छ ।

हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।

हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा बदली हुँदा हिमपात शुरु भएको हो ।

हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

केही स्थानमा चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको सम्भावना औंल्याउँदै महाशाखालले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार भित्रिएको मौसमी प्रणाली शनिबार रातिदेखि पूर्व हुँदै बाहिरिने छ । पानी पार्ने मौसमी प्रणाली बाहिरिएपछि घाम लाग्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १० : २९ बजे

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब