निद्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनुस् « Khabarhub

निद्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनुस्


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ । निद्रा नलाग्दा इनसोमनिया हुन सक्छ ।

इनसोमनिया एक यस्तो बिरामी हो जसमा व्यक्तिलाई निद्रा आउँदैन र पूरै रात ओछ्यानमा यता उता पल्टदै रात कट्न सक्छ । निद्रा पूरा नहुँदा मानिसलाई दिनभर थकानको महसुस हुन्छ । कसैलाई रिंगटा लाग्ने, काममा ध्यान नजाने लगातका समस्या उत्पन्न हुन सक्छ । यदी तपाईलाई पनि निद्रा नलाग्ने समस्या छ भने यी टिप्सहरुलाई अपनाउन सक्नुहुन्छ जसका कारण निद्रा राम्रोसँग लाग्न सक्छ ।

तातो पानीले नुहाउने– थाकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ । सुत्नुभन्दा करिब २ घन्टा पहिला तातोपानीले नुहाउदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ ।

लेवेन्डुलाको तेलको प्रयोग– पुदिना परिवारको एक फूलको नाम लेवेन्डर हो जसको तेलको प्रयोगले राम्रोसँग निद्रा लाग्छ । यस तेलको सट्टा अन्य तेलको प्रयोगले शरीरको थकान कम हुनुको साथै राम्रोसँग निद्रा लाग्छ ।

तातो दूध र मह– प्राचिन कालदेखि नै दुध र महको प्रयोग हुँदै आएको छ । तातो दूधमा मह मिलाएर पानी पिउनाले राम्रो निद्रा लाग्ने गरेको छ । दूधमा अमीनो एसिड ट्रिप्टोफ्यान पाइन्छ जो प्राकृतिक तरिकाले व्यक्तिलाई शान्ति तथा विश्रामको अनुभुति हुने गर्छ ।

हर्बल चिया–रातमा हर्वल चियाको प्रयोग पनि फाइदाजनक हुन्छ जसले गर्दा राम्रोसँग निद्रा लाग्छ ।

सुत्नुअघि नगर्नुहोस् यी गल्ती

सुत्नुभन्दा पहिला रक्सीको सेवन नगर्नुहोस्
रातिको समयमा सधैं सामान्य खालको र कम खाना खानुस्
रातिको खाना सुत्नुभन्दा २ घन्टापहिला खानुपर्छ
सुत्नुअघि मोबाइल चलाउने वा लामोसमय टेलिभिजन हेर्ने लगायतका काम गर्न हुँदैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ३ : ४९ बजे

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले

लाप्राक नमूना बस्ती (तस्बिर)

गोरखा– २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको