एक सातामा मास्कको अभाव हट्ने « Khabarhub

एक सातामा मास्कको अभाव हट्ने


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको जोखिमपछि चरम अभाव भएको मास्कको माग धान्ने गरी उत्पादनको तयारी सुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका हुन् ।

चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा मास्कको समस्या समाधानका लागि कमिटी गठन मलहोत्राले मास्क उत्पादन गर्ने मेसिन झिकाएका छन् ।

भारतबाट मेशिन अर्डर गरिसकेकाले आगामी सातादेखि मास्क उत्पादन थाल्ने मलहोत्राले जानकारी दिएका छन् ।

एक हप्तामा ५ लाख पिस मास्क उत्पादन भएपछि मास्कको अभाव घट्ने उनले दावी गरेका छन् ।

सरकारले मास्क र स्यानिटरी आइटममा तत्कालका लागि भन्सार मिनाहा छुट दिने निर्णय गरेपछि व्यवसायीहरु मास्कको आयात एवं उत्पादन गर्ने आवश्यक पर्ने सामग्री आयतामा केन्द्रित भएका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ११ : १६ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी