हिउँले ढाकिएपछि यस्तो देखियो कालिञ्चोक… (फोटोफिचर) « Khabarhub

हिउँले ढाकिएपछि यस्तो देखियो कालिञ्चोक… (फोटोफिचर)



दोलखा – रङ्गीचङ्गी जस्ताका छाना भएका भिन्नभिन्न शैलीका आकर्षक घर, अनि झुरुप्प बस्ती ।

चारै तिर हिउँले घेरिएका डाँडाकोबीचमा सानो उपत्यका । हेर्दै मनमोहक लाग्ने दृश्य । साँच्चिकै रमणीय छ, प्राकृतिक एवम् धार्मिक हिसाबले कहलिएको कालिञ्चोक ।यहाँ कालिञ्चोक भगवती मन्दिर क्षेत्रको कुरी उपत्यकाले मनलाई शान्त बनाउँछ । दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको कालिञ्चोक क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य पनि हो ।कालिञ्चोक भगवतीको दर्शन गर्ने र हिउँ खेल्नेहरुले अहिले कुरी भ्याली भरिभराउ छ । आँखै अघिका हिमाल र टाकुराहरुले मन फुरुङ्ग बनाउँछ।कालिन्चोक भगवतीको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्मका लमतन्न भएका हिमालले जोकोहिलाई लोभ्याउँछ ।ठूला–ठूला चौर र चौरी गाईको उपस्थितीले यस स्थानको सुन्दरतालाई थप पुलकित पार्छ । धार्मिक एवंम् पर्यटकीय सम्पदाका दृष्टिले महत्वपूर्ण दोलखाका विभिन्न उच्च हिमाली क्षेत्रमा यो बर्ष भारी हिमपात भएकाले पनि हिउँ खेल्नैका लागि हजारौं पर्यटक कालिञ्चोक पुगेका छन् ।

केबलकारको सुविधा

कुरी उपत्यकाबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न पैदल यात्रा गर्दा झण्डै एक घण्टा उकालो चढ्नुपर्छ । अहिले पर्यटकको सुविधालाई मध्यनजर गर्दै केवलकारको पनि सुविधा छ । यात्रुहरु केवलकार वा हिडेर आफ्नो इच्छा अनुसार मन्दिरसम्म पुग्न सक्छन् ।कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमश्रृङ्खला र प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवतीको मन्दिर, प्राकृतिक र धार्मिक दुवै हिसाबले निक्कै महत्वपूर्ण गन्तव्यस्थल हो ।

 

 

कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड यो शक्तिपीठको मुख्य विशेषता हो । जुन पहाडको चुचुरोमा भएर पनि बाह्रै महिना पानीको कुण्ड जमेको देख्न सकिन्छ ।जुन कुण्डलाई सातवटा शक्तिशाली भगवतीहरु मध्येको एक कालिन्चोक भगवतीको शक्तिको प्रतिकका रुपमा पूज्ने चलन छ । भगवतीको दर्शन गरेर विधिपूर्वक पूजा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास छ ।पर्यटकका लागि कुरी बजार भरी दुई दर्जन भन्दा बढि होटलहरु सञ्चालनमा छन् । जहाँ  ३ हजारसम्म पर्यटक राख्न सक्ने क्षमता छ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १२ : ३२ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर