स्वस्थ्य बन्न दैनिक कति पानी पिउने ? « Khabarhub

स्वस्थ्य बन्न दैनिक कति पानी पिउने ?


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज शनिबार । बिदाको दिन । बाँकि रहेका कामसँगै आफ्नो ज्यानलाई कसरी तन्दुरुस्त राख्ने भन्ने चिन्ता हुन्छ । नियमित रुपमा मिलाएर पानी पिउँदा पनि तन्दुरुस्त हुने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार एकजना स्वस्थ्य व्यक्तिले दैनिक कम्तिमा दुई लिटर हाराहारीमा पानी पिउनु आवश्यक हुन्छ । तर, यसरी पानी पिउँदै गर्दा शरीरको वजनमा पनि भर पर्छ । त्यसो भए कति वजन भएका मानिसले कति पानी पिउने त ?

शरीरको तौल अनुसार पानीको मात्रा फरकफरक

शुरुमा आफ्नो शरीरको तौल कति छ थाहा पाउनुस् । अनि शरीरको तौललाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन शुरु गर्नुहोस् । उदाहारणको लागि तपाईंको तौल ६० किलो छ भने तपाईंले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । त्यसैगरी ८० किलो तौल भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

व्यायामको समयमा धेरै

तपाईंले व्यायाम गरिरहनु भएको छ भने त्यो समयमा तपाईंको शरिरबाट धेरै पसिना बग्छ । त्यसका कारण शरिरमा पानीको मात्रा कमी हुन जान्छ । यसरी पानीको मात्रा कमी हुँदा सुख्खापन हुने मात्र नभई यसले पाचन प्रणालीमा समेत समस्या ल्याउन सक्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ ।

यसका साथ साथै फलफुल तथा जुस पनि शरीरका लागि आवश्यक पर्छ । हुन त शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्न पानी नै मात्र पिउनु पर्छ भन्ने पनि छैन । यसका लागि अत्यधिक पानीको मात्रा पाईने फलफूल तथा अन्य खानेकुरा पनि सेवन गर्न सकिन्छ । शरीरमा २०.२५ प्रतिशत पानी हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउमा ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरबुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रशस्त पानी पाइन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १ : ०२ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।