स्वस्थ्य बन्न दैनिक कति पानी पिउने ? « Khabarhub

स्वस्थ्य बन्न दैनिक कति पानी पिउने ?


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज शनिबार । बिदाको दिन । बाँकि रहेका कामसँगै आफ्नो ज्यानलाई कसरी तन्दुरुस्त राख्ने भन्ने चिन्ता हुन्छ । नियमित रुपमा मिलाएर पानी पिउँदा पनि तन्दुरुस्त हुने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार एकजना स्वस्थ्य व्यक्तिले दैनिक कम्तिमा दुई लिटर हाराहारीमा पानी पिउनु आवश्यक हुन्छ । तर, यसरी पानी पिउँदै गर्दा शरीरको वजनमा पनि भर पर्छ । त्यसो भए कति वजन भएका मानिसले कति पानी पिउने त ?

शरीरको तौल अनुसार पानीको मात्रा फरकफरक

शुरुमा आफ्नो शरीरको तौल कति छ थाहा पाउनुस् । अनि शरीरको तौललाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन शुरु गर्नुहोस् । उदाहारणको लागि तपाईंको तौल ६० किलो छ भने तपाईंले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । त्यसैगरी ८० किलो तौल भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

व्यायामको समयमा धेरै

तपाईंले व्यायाम गरिरहनु भएको छ भने त्यो समयमा तपाईंको शरिरबाट धेरै पसिना बग्छ । त्यसका कारण शरिरमा पानीको मात्रा कमी हुन जान्छ । यसरी पानीको मात्रा कमी हुँदा सुख्खापन हुने मात्र नभई यसले पाचन प्रणालीमा समेत समस्या ल्याउन सक्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ ।

यसका साथ साथै फलफुल तथा जुस पनि शरीरका लागि आवश्यक पर्छ । हुन त शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्न पानी नै मात्र पिउनु पर्छ भन्ने पनि छैन । यसका लागि अत्यधिक पानीको मात्रा पाईने फलफूल तथा अन्य खानेकुरा पनि सेवन गर्न सकिन्छ । शरीरमा २०.२५ प्रतिशत पानी हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउमा ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरबुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रशस्त पानी पाइन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १ : ०२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले