हामीले सुझाव दिएपछि प्रधानमन्त्री नेपालमै मिर्गौला प्रत्यारोपण गर्न तयार हुनुभयो: डा शाह | Khabarhub Khabarhub

हामीले सुझाव दिएपछि प्रधानमन्त्री नेपालमै मिर्गौला प्रत्यारोपण गर्न तयार हुनुभयो: डा शाह

‘दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई लामो समयसम्म फिट राख्न सकुँ’


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘म किन डाक्टर बन्न खोजे म आफैलाई पनि थाहा छैन, तर मैले थाहा पाए देखिनै ममा डाक्टर बन्ने चाहना थियो ।’

यो भनाइ मिर्गौला रोग विशेषज्ञ डाक्टर दिव्या सिंह शाहको हो । बाल्यकालमा अन्जानमै डाक्टर बन्ने सपना बुनेकी दिव्याको डाक्टर बन्ने सपना मात्र पूरा भएन, उनी देशकै कार्यकारीको निजी चिकित्सकसमेत  बनेकी छिन् ।

डा शाह अहिले प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक हुन् । उनी अहिले आफ्नो दैनिक जीवनमा भन्दा बढी प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा व्यस्त छिन् । दोस्रो पटकको मिर्गौला प्रत्यारोपण पछि अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य निगरानीमै डा शाहको दिन बित्ने गरेको छ भन्दा पनि फरक पर्दैन ।

काठमाडौं मै जन्मिएकी डा शाहले भानुभक्त सेकेन्डरी स्कुलबाट सन् १९८३ मा एसएलसी गरेकी थिइन् ।

सन् १९८६ मा अमृत साइन्स क्याम्पसबाट आइएससी गरेकी शाहले मेडिकल शिक्षाको अध्ययन भने भारतमा गरिन् । उनले भारतको मोतिलाल नेहरु मेडिकल कलेज इलाहाबाद बाट एमबीबीएस अध्ययन गरिन् ।

एमबीबीएस पूरा भएपछि मेडिकल डाक्टर बनेकी शाहलाई उनका बुबाले नेपालमा जागिर समेत खोजिसकेका थिए । तर, आफुसँगै पढेका साथीहरुले एमडी पढ्ने तयारी गरेपछि उनलाई पनि एमडी पढ्ने रहर लाग्यो ।

शाहले एमडी गर्ने चाहना बुबालाई सुनाइन् । तर, कमन इन्ट्रान्स परीक्षामा नाम निकाल्न सक्दिनौं कि भनेर बुवाले प्रश्न गरे । तर दिव्याले आफुले इन्ट्रान्स दिने तयारी गरिन् र पास पनि भइन् ।

इन्ट्रान्स परीक्षा पास भएपछि तत्काल नेपाल आउने र जागिर खाने योजना स्थगित भयो । शाहले इन्टरनल मेडिसिनमा एमडी अध्ययन गर्ने सोच बनाइन् र अध्ययन पनि शुरु गरिन् ।

उनले एमडीको अध्ययन शुरु गर्दा इन्टरनल मेडिसिनमा अध्ययन गर्ने महिला डाक्टर नै थिएनन् । दिव्यालाई पनि धेरैले ‘महिला भएपछि त गाइनोकोलोजी पढेर स्त्री रोग विशेषज्ञ हुनुपर्छ भनेर सुझाव समेत दिन्थे ।’ इन्टरनल मेडिसिनमा महिला डाक्टरको लागि ड्युटी रुम समेत नभएको अवस्थामा पनि आफुले एमडी अध्ययन गरेको डा शाह सुनाउँछिन् ।

‘मैले इन्टरनल मेडिसिन पढ्दा कोही पनि महिलाहरु थिएनन्, टिचरहरु र साथीहरुले पनि मलाई महिला भएपनि त गाइनाकोलोजी पढ्नुपर्ने किन मेडिसिन पढेको भनेर प्रश्न गर्थे,’ डा शाहले भनिन्, ‘ केटीहरुको लागि ड्युटी रुम पनि थिएन, त्यस्तो अवस्थामा पनि मैले इन्टरनल मेडिसिन नै पढें ।’

इन्टरनल मेडिसिनमा एमडी अध्ययन पूरा गरेर उनी सन् १९९६ मा नेपाल आइन् । सन् १९९६ तिर नेपालमा एमडी अध्ययन गर्ने चिकित्सकहरु कम थिए ।

नेपाल आएपछि उनलाई धेरै अस्पतालहरुबाट चिकित्सा अभ्यासको लागि अफर आयो । दिव्याले आफ्नो परिवारका सदस्य बिरामी हुँदा त्रिवि शिक्षण अस्पताल (टिचिङ) मै उपचारका लागि ल्याउँथिन् । त्यसैले उनलाई टिचिङ अस्पतालमै काम गर्ने रहर लाग्यो ।

तर टिचिङमा अध्ययन नगरेकी उनलाई शुरुमा विना तलब काम गर्नुपर्ने भयो । उनले त्यसलाई पनि अवसर सम्झेर केही महिना विना तलब नै काम गरिन् ।

सोच अनुसारको प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएमा प्रधानमन्त्री ओलीलाई छिट्टै डिस्चार्ज गर्ने डा शाहले बताइन्

मिर्गौला रोग विशेषज्ञ बन्ने सोच थिएन

डाक्टर शाह मिर्गौला रोग विशेषज्ञ पनि हुन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट मिर्गौला रोगको विषयमा तालिम लिएकी हुन् ।

उनले अस्ट्रेलियाको मोन्सा मेडिकल सेन्टरमा मिर्गौला रोग र मिर्गौला प्रत्यारोपणको २ वर्षको फेलोसिप पनि गरेकी हुन् । सन् २००८ मा चिटिङ अस्पतालमा भएको पहिलो मिर्गौला प्रत्यारोपणमा डा शाहले नै नेतृत्व गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको उपचारमा डा शाहले नै प्रधानमन्त्री ओलीलाई निजी चिकित्सकको हैसियतले परामर्श र उपचार गर्दै आएकी छन् । उनकै परार्मश अनुसार प्रधानमन्त्री ओलीको गत सोमबार टिचिङ अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला सम्बन्धि समस्याबारे निजी चिकित्सक बनेर काम गरीरहेकी डा शाह मिर्गौला रोगको क्षेत्रमा भने नचाहेर नै आएको बताउँछिन् ।

‘मलाई मिर्गौलाको विषयमा चाँही इन्ट्रेस्ट थिएन, मलाई कार्डियोलोजीमा इन्ट्रेस्ट थियो, तर त्यो बेलामा नेपालमा जापानले सेकेन्ड ह्यान्ड डायलाइसिस मेडिसन अनुदान दिएको थियो, तर त्यो उपयोग गर्न विशेषज्ञ कम थिए,’ डा शाहले खबरहबसँग भनिन्, ‘मलाई टिचिङमा सबैले नेफ्रोलोजी नै पढ् भनेर सल्लाह दिनुभयो, नेफ्रोलोजीमा काम गर्न थालेपछि यसमै रुची पनि बढ्यो ।’

डा शाहलाई ओलीको घरमै उपचारका लागि बोलाइएको थियो । तर, घरमा गएर उपचार गर्ने सबै प्रविधि नहुने भएकाले उनले ओलीलाई ग्राण्डी अस्पतालमा बोलाइन् ।

मिर्गौला फेल भएका बिरामीले डायलाइसिस गर्न नसक्दा

मिर्गौलाका बिरामीको उपचारमा लागेको शुरुवाती दिन सम्झिदा डा दिव्यालाई मन अहिले पनि अमिलो हुन्छ । मिर्गौला फेल भएका बिरामीले डायलाइसिस गर्ने अस्पताल वीर वा टिचिङ थियो ।

त्यो पनि एक पटक डायलाइसिस गर्दा २ हजार तिर्नुपर्ने हुन्थ्यो । डायलाइसिस गर्ने पैसा नहुँदा बिरामीले ज्यान गुमाएको कयौं घटनाहरु डा दिव्याको दिमागमा अझै ताजा छन् ।

‘त्यो एकपटक डायलाइसिस गर्दा २ हजार,२५ सय खर्च हुन्थ्यो, मिर्गौला फेल भएका अघिकाशं बिरामीहरुको एक महिनामा मृत्यु हुन्थ्यो ।’

फाइल तस्वीर

यसरी बनिन् प्रधानमन्त्रीको निजी चिकित्सक

प्रधानमन्त्री ओलीले सन् २००७ मा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

सन् २००८ मा टिचिङ अस्पतालमा डा दिव्याको नेतृत्वमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएको थियो । डा दिव्या टिचिङ अस्पतालमा नै कार्यरत थिइन् ।

सन् २०१४ मा डा दिव्यालाई एकजना मेडिकल विद्यार्थीले प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच गरिदिनुस् भनेर फोन गरे ।

त्यतिबेला ओली दोस्रो संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट निर्वाचित संविधान सभाका सदस्य थिए ।

डा शाहले उनलाई टिचिङ अस्पतालमै ल्याउनु भनेकी थिइन् । डा शाहलाई ओलीको घरमै उपचारका लागि बोलाइएको थियो । तर, घरमा गएर उपचार गर्ने सबै प्रविधि नहुने भएकाले उनले ओलीलाई ग्राण्डी अस्पतालमा बोलाइन् ।

डा दिव्याले स्वास्थ्यजाँच गरेपछि ओलीलाई थप स्वास्थ्य उपचारको लागि त्यतिबेला भारत नै पठाइन् । त्यतिबेला ओली डा दिव्याको पराशर्म र उपचार सेवामाट खुसी भए । त्यतिबेला देखि नै डा दिव्याले प्रधानमन्त्री ओलीको मिर्गौला सम्बन्धि समस्या हुँदा उपचार र परामर्श दिँदै आइन् ।

‘एउटा डाक्टरले म धेरै भन्दा धेरै बिरामीलाई उपचार गर्न सकुँ, बिरामीको जटिल रोग पनि उपचार गर्न सकुँ भन्ने चाहना राखेको हुन्छ,’ डा दिव्याले भनिन्, ‘तर म देशकै प्रधानमन्त्रीको निजी चिकित्सक बन्नु वा प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा चिनिन्छु भन्ने सोचेको थिइन् ।’
डा दिव्या प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ मा क्याविनेट चिकित्सक बनेकी थिइन् । डा दिव्या अहिले पनि क्याविनेट चिकित्सक हुन् ।

‘मेरो लागि प्रधानमन्त्री ज्यूको दोस्रो मिर्गौला प्रत्यारोपण धेरै ठूलो चुनौती र जिम्मेवारी हो, अहिले कुराकानी गर्न थाल्नुभएको छ, मैले उहाँलाई एकदमै फिट अवस्थामा डिस्चार्ज गर्न सकुँ र लामो समयसम्म फिट राख्न सकुँ भन्ने कामना गरेको छुँ उनले भनिन्

दोस्रो प्रत्यारोपण सफल हुँदाको खुसी

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी अस्पतालमै उपचारत छन् । चिकित्सकले सोच अनुसारको प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएमा प्रधानमन्त्री ओलीलाई छिट्टै डिस्चार्ज गर्ने डा शाहले बताइन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौल प्रत्यारोपण सफल भएकोमा आफ्नो ठूलो जोखिम पूरा भएको डा शाह बताउँछिन् । प्रधानमन्त्री ओलीलाई लामो सयमसम्म फिट राख्न सकुँ भन्ने चाहना आफ्नो भएको डा शाहले सुनाइन् ।

‘टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउने विषय हामी सबैले सुझाव दिएपछि गरेपछि नै उहाँ(प्रधानमन्त्री) पनि टिचिङमै प्रत्यारोपण गराउन राजी हुनुभएको हो, उहाँले आफ्नो सचिवालयमा अब प्रत्यारोपण गर्छु भन्नुअघि नै टिचिङमा तयारी भइसकेको थियो,’ डा दिव्याले भनिन्, ‘मेरो लागि प्रधानमन्त्री ज्यूको दोस्रो मिर्गौला प्रत्यारोपण धेरै ठूलो चुनौती र जिम्मेवारी हो, अहिले कुराकानी गर्न थाल्नुभएको छ, मैले उहाँलाई एकदमै फिट अवस्थामा डिस्चार्ज गर्न सकुँ र लामो समयसम्म फिट राख्न सकुँ भन्ने कामना गरेको छुँ ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ३ : ०६ बजे

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक