शिवनगर मधेशकै नमुना पर्यटकीय स्थल हुन्छ: नेता साह « Khabarhub

शिवनगर मधेशकै नमुना पर्यटकीय स्थल हुन्छ: नेता साह


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर–नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले शिवनगरलाई मधेश नमुना पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिवार रौतहटको गरुडा नगरपालिका- ५, शिवनगरमा विकासका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले ऐतिहासिक महत्व बोकेको शिवनगरलाई प्रदेशकै सबैभन्दा बढी पर्यटक आकर्षित हुने पर्यटन केन्द्र बनाउने उद्घोष गरे ।

अध्यक्ष साहले भने, “शिवनगर ऐतिहासिक भुमि हो । शिवनगर मन्दिर आफैमा ऐतिहासिक छ । मन्दिरको धार्मिक र सांस्कृतिक महत्व हामीमा मात्र सीमित राख्ने हो कि यसलाई विश्वस्तरमा पुर्याउने हो ? म तपाईहरुलाई सोध्न चाहन्छु । पक्कै पनि यसलाई विश्वस्तरमा पुर्याउने हो ।”

“विगतमा यस मन्दिरलाई कमाई खाने भाँडो बनाएको कारण शिवनगर ओझेलमा परेको थियो । तर अब स्थिति त्यस्तो रहदैन । शिवनगरलाई मधेशकै नमुना पर्यटकीय गन्तव्य बनाउछौँ ।” अध्यक्ष साहले भने, “यसका लागि जे जस्तो पूर्वाधार निर्माण गर्नुपर्छ, ती सबै कार्य अगाडि बढाइन्छ ।”

प्रदेश सांसद कुन्दन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री सत्यनारायण मण्डल, नेताहरु सियाराम कुशवाहा, त्रिभुवन साह, योगेन्द्र साहलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ३ : ०१ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच