साताको शेयर बजार : १३ अर्बको कारोवार « Khabarhub

साताको शेयर बजार : १३ अर्बको कारोवार


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।

अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय गर्‍यो ।

यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपर्‍यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत मर्कामा समेत परे ।

साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो ।

साताभर कूल १८१ कम्पनीको कूल तीन करोड १६ लाख ५५ हजार ५८३ कित्ता शेयर रु १३ अर्ब ७६ करोड बराबरको कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०.८२ अङ्कले घटेर एक हजार ५९१.३६ मा पुग्यो ।

सो दिन कूल १८३ कम्पनीका एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर रु चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ मा खरिद बिक्री भयो ।

यस साता सोमबार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्न पुग्यो । सोही कारण त्यस दिनको कारोवार नै स्थगित भयो । नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोवार स्थगित भयो ।

नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको थियो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले झरेको थियो ।

उक्त गिरावट प्रतिशतका आधारमा ६।०६ हो । त्यस दिन कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।

यस्तै मङ्गलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोवार केही समय स्थगित भयो । सो दिन भने कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता शेयर रु तीन अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ मूल्यमा खरिद बिक्री भए ।

बुधबारसमेत नेप्से परिसूचकमा भारी गिरावट आयो । त्यस दिन नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुग्यो । त्यस दिन कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर रु दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भए ।

यस्तै बिहीबार पनि नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको थियो । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरिद बिक्री भए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ३ : ४५ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था