व्यापारीको मनोमानी : उपभोक्ता गुणस्तर र तौलमा ठगिँदै « Khabarhub

व्यापारीको मनोमानी : उपभोक्ता गुणस्तर र तौलमा ठगिँदै


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– चाडपर्वका बेला महोत्तरीका बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक विस्थापित नहुँदा उपभोक्ता तौलमा ठगिने गरेका छन् ।

अहिले ‘होरी’ फागू पर्वको सामान किन्न बजारमा उपभोक्ताको भीड लाग्दा जिल्लाका हाट बजार र ग्रामीण बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता तौल र गुणस्तरमा ठगिने गरेका हुन् ।

काठे तराजु र ढुङ्गे ढक कानूनले बन्देज लगाए पनि जिल्लाका साप्ताहिक हाट ९साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार मा त्यस्ता ढकको प्रयोग बाक्लो छ । खासगरी साप्ताहिक हाटमा चौरमा फिँजाएर राखिने किराना पसल र तरकारी बेच्नेले परम्परागत ढक नै प्रयोग गर्ने गरेका उपभोक्ताको गुनासो छ ।

“हटियाबाट किनेर ल्याइएको तरकारी कहिल्यै पुरा तौलको हुँदैन”, बर्दिवास नगरपालिका–२ की गृहिणी उमा परियार भन्छिन्, “ पुरानो युगको ढक तराजु फेर्न कसैले वास्ता गर्दैनन् ।”

स्थानीयतहका नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा बजार अनुगमनका लागि दक्ष प्राविधिक, स्थानीय उद्योग वाणिज्य सङ्घ र उपभोक्ता हकहितका लागि भनेर गठन गरिएका संस्थाका प्रतिनिधिसहितको बजार अनुगमन समिति रहने व्यवस्था रहे पनि बजार अनुगमनले निरन्तरता नपाउँदा उपभोक्ता ठगिने क्रम नरोकिएको हो ।

सर्वसाधारण उपभोक्ता तौलमा मात्र नभएर वस्तुको गुणस्तरमा पनि ठगिने गरेका बर्दिवास–२ कै सामाजिक, राजनीतिक कार्यकत्र्ता गुञ्ज खड्का बताउँछन् ।

अहिले ‘होरी’ फागू पर्वको तयारीमा जिल्लामा स्थायी हटियामात्र नभएर प्रत्येकजसो बस्ती/बस्तीका चउर र चोकमा बजार बढेका छन् । पर्व विशेषका सामानको जोहो गर्न सर्वसाधारणको भीड बजार क्षेत्रमा बढ्दो छ तर, बजार अनुगमन गर्ने निकायको उदासीनताले आम उपभोक्ता गुणस्तर मापन नगरिएका वस्तु तौलमै कारोवार गर्न विवश छन् ।

साप्ताहिक हटियाबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलदा सधैँ घट्ने गरेको जिल्लाकै भङ्गाहा नगरपालिका–४ की गृहिणी मेरो सहनी बताउँछिन् । किनेर ल्याइएका खाने तेल, चामल, पिठो, मैदा र धुलो मसलासहितका खाद्यवस्तु राम्रो भनेर ल्याएपनि बेस्वादको हुने गरेको उपभोक्ता बताउँछन् ।

स्थानीयतहका बजार अनुगमन समितिले वर्षको एकाध पटक बजार अनुगमन गरेको देखाइए पनि यो विधि पूरा गरेकोजस्तै भएको उपभोक्ताको गुनासो छ ।

“राष्ट्रिय महत्वका चाडपर्वका बेला मान्छेलाई देखाउन गरी कुनै बेला एक दिन बजार अनुगमन गरेको देखिन्छ”, जिल्लाको औरही नगरपालिका टिम्कीया बस्तीका युवा सत्यनारायण यादव भन्छन्, “बर्षमा एकाध पटक नाटक मञ्चन गरिए जसरी गरिने बजार अनुगमनले उपभोक्ता वर्षभरि ठगिने क्रम कसरी रोक्न सक्छ रु” यो नियमित प्रक्रियामा नढालिएसम्म बजार नसुध्रने उनको गुनासो छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : १४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको