विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी « Khabarhub

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन मंगलबार बिहान काटेको छ । डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत महसुल बक्यौता बाँकी रहेका भनिएका ती उद्योगको लाइन प्राधिकरणले मंगलबार काटेको हो ।

त्रिवेणी स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, जगदम्बा स्टिल्स, रिलायन्स स्प्रिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन प्राधिकरणले काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालले अन्य उद्योगको लाइन काट्ने विषयमा पनि अहिले अहिले छलफल भइरहेको बताए ।

‘३१ वटा उद्योगहरूले बक्यौता बुझाएका छैनन्, त्यसमध्ये आज ६ वटा ठूला उद्योगको लाइन काटेका छौं, बाँकीको काट्ने विषयमा पनि छलफल भइरहेको छ’, प्रवक्ता ढकालले भने ।

प्राधिकरणले असोज १२ गते २१ दिने सूचना निकाल्दै कात्तिक २ गतेभित्र डेडिकेटेड फिडर र ट्रंकलाइनबापत विद्युत् प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता बुझाउन ताकेता गरेको थियो । साथै, प्राधिकरणले मासिक रूपमा किस्ता बुझाउन चाहने ग्राहकले २८ महिनाको किस्ता सुविधा समेत उपलब्ध गराएको छ । तर, सो समयमा कुनै पनि उद्योगीले बक्यौताबापतको किस्ता बुझाउन तयार नभएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

मंगलबार लाइन काटिएका उद्योगमध्ये जगदम्बा स्टिलसको १ अर्ब ६० करोड, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख र त्रिवेणी सिमेन्टको ३२ करोड १० लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । सो बक्यौता २०७२ साल माघदेखि २०७५ साल वैशाख महिनासम्मको डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेबापतको भएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि विवादित रहँदै आएको डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौता विवाद तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आयोग मार्फत समाधान गर्नेगरी गिरिशचन्द्र लालको नेतृत्वमा प्रतिवेदन तयार गरेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त गरेर गत वैशाखमा प्राधिकरणले फेरि उद्योगीहरूलाई फेरि पुनरावलोकनको लागि अवसर दिएको थियो ।

तर, जेन-जी आन्दोलनपछि बनेको सरकारमा कुलमान घिसिङ नै पुगेपछि उनले आफ्नो पहिलो निर्णय नै बक्यौता महसुल उठाउने निर्णय गरे । सोही अनुसार प्राधिकरणले मंगलबारबाट बक्यौता रहेका उद्योगीहरूको लाइन काट्न सुरु गरेको हो ।

प्राधिकरणले लाइन काट्ने अल्टिमेटम दिएपछि २६ वटा उद्योगीहरूले असोज ३१ गते आफूहरूलाई पुनरावलोकनबाट वञ्चित गरिएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई लाइन नकाट्न अनुरोध गर्दै संयुक्त रूपमा पत्र बुझाएका थिए । तर, मंगलबारसम्म आउँदा प्राधिकरणले लाइन काट्न सुरु गरेपछि समस्या थप बल्झिने देखिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १२ : ०० बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको