दुबई तथा मलेशिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ « Khabarhub

दुबई तथा मलेशिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेशिया पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं गौशला बस्ने धनुषा मिथिला विहारी नगरपालिका-५ घर भएका २४ वर्षीय राधे साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

साहले दुबई तथा मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ९ जना व्यक्तिहरुको साथबाट ११ लाख ४२ हजार २ सय रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ पिङ्लास्थानमा फेला पारी पक्राउ गरेको हो ।

साहलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ४ : ०० बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक