कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ « Khabarhub

कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ । कम अंक ल्याएका विद्यार्थीलाई हात काट्न लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले ती शिक्षिकालाई पक्राउ गरेको पुष्टि गरे । उनीमाथि अभ्रद वा अमानवीय यातनामध्ये कुनै एक विषयमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । वानेश्वर प्रहरी वृत्तले कर्माचार्यलाई नियमन्त्रणमा लिएको हो ।

ती शिक्षिकाले कक्षा ६ र ७ का विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन् । उनले परीक्षामा कम अंक ल्याउनेलाई हात काट्ने चेतावनी पहिले नै दिएकी थिइन् । शिक्षिकाको दबाबमा ३४ विद्यार्थीले ब्लेडले हात काटेका थिए ।

ब्लेडले हात काट्न लगाएको समाचार बाहिर आएपछि स्कूलले ती शिक्षिकालाई अवकाश दिएको जनाएको छ । ती शिक्षिकाले सामाजिक विषय पढाउँदै आएकी थिइन् ।

१२ वर्षदेखि सोही स्कूलमा पढाउँदै आएकी कर्माचार्यले पूर्णाङ्क २० मा १५ भन्दा कम अंक ल्याउने विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएर सजाय दिएकी थिइन् ।

प्रहरीले प्रारम्भिक बयानका क्रममा कर्माचार्यले गल्ती भएको स्वीकारेको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : २९ बजे

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ– बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक

बाख्रा पालनबाट स्वरोजगार

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइमा सुविधा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण