सिन्धुलीमा बस र कार ठोक्किँदा ७ जना घाइते | Khabarhub Khabarhub

सिन्धुलीमा बस र कार ठोक्किँदा ७ जना घाइते


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुलीको सुनकोशी गाउँपालिका–५ खहरे खोलामा कार र बस एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी कार चालकसहित ५ जना र बसमा सवार २ जना घाइते भएका छन् ।

काठमाडौंबाट हलेसीतर्फ जाँदै गरेको बा ३ ख ५७०६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा २० च ३४९८ नम्बरको कार ठोक्किँदा दुर्घटना हुन पुगेको हो ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार कारमा सवार ५ जना गम्भीर घाइते छन् । बसमा सवार २ घाइते भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, खुर्कोटका अनुसार कारमा सवार ५ जना घाइतेलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’