अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो « Khabarhub

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- कोरोना भाइरस (कोभिड–१९) का कारण थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने दुवै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार ली काउन्टीका एकजना र सान्टा रोजा काउन्टीका अर्का एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा कोरोनाका कारण ज्यान गुमाएको यो पहिलो घटना हो । यसअघि पश्चिमी अमेरिकाका वाशिंटन राज्यमा १४ जनाको मृत्यु भएको थियो भने क्यालिफोर्निया राज्यमा १ जनाको मृत्यु भएको थियो ।

हालसम्म अमेरिकाका फ्लोरिडा, वाशिंटन र क्यालिफोर्नियासहित एरिजोना, कोलाराडो, जर्जिया, इलेनोई, इण्डियाना, केन्टकी, मेरिल्याण्ड, मासाचुसेट्स, नेभादा, न्यू हेम्पसायर, न्यू जर्सी, न्यू योर्क, नर्थ क्यारोलाइना, ओरेगन, पेन्सलभेनिया, रोड आइल्याण्ड, टेनिसी, टेक्सस र विस्कन्सिन राज्यमा कोरोना संक्रमितहरु देखा परिसकेका छन् ।

त्यसबाहेक क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरको तटपारी तैरिरहेको ग्राण्ड प्रिन्सेस नामक क्रुज सिपमा रहेका २१ जनामा कोरोनाको पुष्टि भएको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक पत्रकार सम्मेलनमार्फत् ग्राण्ड प्रिन्सेसमा सवार २१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । कोरोनाको लक्षण देखापरेका ४६ जनाको स्वास्थ्य परीक्षण गर्ने क्रममा १९ जना चालक दलका सदस्य र २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : ४५ बजे

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड

काठमाडौँ – वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै

‘सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो’

काठमाडौँ – स्पाइनल इन्जरी अर्थात मेरूदण्डको पक्षघात पीडितहरुले सरकारले आफूहरुलाई

इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने