अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो « Khabarhub

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- कोरोना भाइरस (कोभिड–१९) का कारण थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने दुवै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार ली काउन्टीका एकजना र सान्टा रोजा काउन्टीका अर्का एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा कोरोनाका कारण ज्यान गुमाएको यो पहिलो घटना हो । यसअघि पश्चिमी अमेरिकाका वाशिंटन राज्यमा १४ जनाको मृत्यु भएको थियो भने क्यालिफोर्निया राज्यमा १ जनाको मृत्यु भएको थियो ।

हालसम्म अमेरिकाका फ्लोरिडा, वाशिंटन र क्यालिफोर्नियासहित एरिजोना, कोलाराडो, जर्जिया, इलेनोई, इण्डियाना, केन्टकी, मेरिल्याण्ड, मासाचुसेट्स, नेभादा, न्यू हेम्पसायर, न्यू जर्सी, न्यू योर्क, नर्थ क्यारोलाइना, ओरेगन, पेन्सलभेनिया, रोड आइल्याण्ड, टेनिसी, टेक्सस र विस्कन्सिन राज्यमा कोरोना संक्रमितहरु देखा परिसकेका छन् ।

त्यसबाहेक क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरको तटपारी तैरिरहेको ग्राण्ड प्रिन्सेस नामक क्रुज सिपमा रहेका २१ जनामा कोरोनाको पुष्टि भएको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक पत्रकार सम्मेलनमार्फत् ग्राण्ड प्रिन्सेसमा सवार २१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । कोरोनाको लक्षण देखापरेका ४६ जनाको स्वास्थ्य परीक्षण गर्ने क्रममा १९ जना चालक दलका सदस्य र २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ५ : ४५ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ