सात बृँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठनको उपत्यका भेला सम्पन्न « Khabarhub

सात बृँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठनको उपत्यका भेला सम्पन्न


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर –  प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरिएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठनिक एकता कायम गर्नुपर्ने तथा पत्रकारको नियमित प्रशिक्षण आवश्यकताअनुसार सञ्चालन गर्न दबाव दिने रहेका छन्

यसैगरी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डताका पक्षमा दृढतापूर्वक उभिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका पक्षमा आफ्नो तर्फबाट आवश्यक योगदान पुर्‍याउने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहितको विकास र समृद्धिको यात्रालाई रचनात्मक सुझावसहित सघाउने, काठमाडौँ, भक्तपुर र ललितपुरको थप विकास, शहरीकरण र सौन्दर्यीकरणका साथै सांस्कृतिक पक्षहरुको संरक्षण र विकासका लागि सम्बन्धित जनप्रतिनिधि, निकाय र पक्षलाई भेलाले विशेष आग्रह गर्ने घोषणापत्रमा रहेको छ ।

घोषणापत्रमा विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्बन्धित सबै पक्षमा अपिल गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकाले उनकोको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : २० बजे

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५