न‍ेकपाले सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने « Khabarhub

न‍ेकपाले सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । आज बेसीशहरमा भएको तेस्रो पूर्ण बैठकले आगामी चैत, वैशाख र जेठमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेकपा जिल्लाका अध्यक्ष मधु अधिकारीको अध्यक्षता , नेकपाका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

बैठकमा प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा नेता गुरुङ र केन्द्रीय सदस्य अधिकारीले समसामयिक विषयमा धारणा राखेका थिए ।

बैठकले पार्टी एकतालाई अझै बलियो बनाउन, सरकारले गरेका राम्रा काम नागरिकको घरदैलोसम्म पुर्‍याउन, पार्टीको विधान, नीति तथा अभिायनका बारेमा जानकारी दिन र आम नागरिकको गुनासो तथा सुझाव लिनका लागि तीनमहिने अभियान सञ्चालन गर्न लागेको हो ।

बैठकले कोरोना भाइरसका सम्बन्धमा जनचेतना जगाउने खालका कार्यक्रम आम नागरिकसम्म लैजाने निर्णय गरेको छ । नेकपा जिल्ला सचिव धनञ्जय दवाडीका अनुसार बैठकले खासगरी आगामी चैत महिनालाई सदस्यता नवीकरण, बैठक, कार्यविभाजन र जिम्मेवारी बाडफाँड लगायतका काम गर्ने र ठूला भेला तथा सम्मेलन नगर्नेलगायतका निर्णय पनि गरेको छ ।

बैठकले कार्यालय सदस्यमा प्रदेश सदस्यमा रामचन्द्र पौडेल र सुनिल सुनारलाई थप गर्ने, सचिवालय गठन, सङ्गठन र आर्थिक विभागसमेत निर्माण गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : १० बजे

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ

श्रीलङ्काली जेलमा दङ्गा

कोलम्बो- क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण