मोबाइल एपबाट नाप नक्सासम्बन्धी काम, मन्त्री अर्यालले गरिन् ‘लञ्च’ « Khabarhub

मोबाइल एपबाट नाप नक्सासम्बन्धी काम, मन्त्री अर्यालले गरिन् ‘लञ्च’


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज आयोजित कार्यक्रममा सो एपको सार्वजनिक गर्दै जग्गा प्रशासनको सुधार गर्न प्रविधिलाई अधिकतम उपयोगमा ल्याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भनिन्, ‘हिजो प्रविधि थिएन, फित्ता लिएर नाप्दै हिँड्नुपर्थ्यो, धेरै समस्या थिए । अब प्रविधिले यस्ता समस्याका समाधान गरिदिएको छ । अब काम छिटोछरितोसँगै बिचौलियाको अन्त्यसमेत हुनेछ ।’

मन्त्री अर्यालले सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न र व्यक्तिगत स्वार्थमा नलाग्न कर्मचारीलाई आग्रह गरिन् ।

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले सुशासन स्थापित गर्न प्रविधिमैत्री रूपबाट अघि बढेको जानकारी दिँदै यस एप देशैभर पुर्‍ याइने बताए । नापी कार्यालयका प्रमुख नापी अधिकृत खिमलाल गौतमले भूमि प्रशासनमा पारदर्शी र सेवाग्राहीमैत्री बनाउन ‘नापी पोखरा एसओकेपी’ मोबाइल एप तयार गरिएको जानकारी दिए ।

उनले बिचौलियाले कर्मचारीको नाम बेचेर सेवाग्राहीलाई हैरानी दिएको बताउँदै एपले बिचौलियाको अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले अगाडि थपे, ‘सेवाग्राहीले चाहेको समयमा सेवा लिन पाउनेछन् ।’

सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिन सकिने छ ।

एपमा कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचा उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था र भविष्यमा अनलाइनबाट नै राजश्व तिरी सेवा लिन सकिने व्यवस्था रहेको एपमा छ ।

नेपालको जग्गा प्रशासनको क्षेत्रमा यस प्रकारको एप पहिलोपटक शुरु गरिएको हो । मालपोत, नापीजस्ता दैनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायमा बिचौलियाको सहयोगविना नै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन एप कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : ४४ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक