जग्गा अतिक्रमण गर्नेलाई सशस्त्रले हटायो « Khabarhub

जग्गा अतिक्रमण गर्नेलाई सशस्त्रले हटायो


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर – झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल तालिम शिक्षालयको जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई हटाइएको छ ।

एक वर्षअघिदेखि पटकपटक उनीहरुलाई हट्नका लागि अनुरोध गर्दा समेत बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाइएको सशस्त्र प्रहरी बल तालिम शिक्षालयका प्रमुख सुधीरजङ्ग थापाले जानकारी दिए ।

शिक्षालयको ८० बिघा जग्गा विगत १६ वर्षदेखि सुकुम्वासीको नाममा ४२ परिवारले अतिक्रमण गरेका थिए । गत असारमा गाउँपालिकाको रोहबरमा अतिक्रमणकारीसमेतको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले पुस मसान्तसम्ममा जग्गा खाली गर्ने सहमति भएको थियो ।

तर सहमतिबमोजिम जग्गा खाली नगरिएपछि शिक्षालयले स्थानीय पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पुस २८ गते सूचना प्रकाशन प्रसारण गरेर उनीहरुलाई हट्न १५ दिनको म्याद दिएको थियो ।

शिक्षालयले माघ १५ गते उनीहरुको घरघरमा सूचना टाँस गरेर माइकिङ गरेर पुनः अतिक्रमित जग्गा खाली गर्न अनुरोध गरेता पनि बेवास्ता भएपछि हटाउनुपरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सार्वजनिक जग्गा हडपेर बस्नेलाई सकेसम्म आफैँ छाडेर जान अनुरोध गर्दै पत्राचार गर्ने र अटेर गरेमा बल प्रयोग गरेर हटाउने सरकारको नीति रहेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ०० बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त