उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न र होली नखेल्न सरकारको आग्रह « Khabarhub

उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न र होली नखेल्न सरकारको आग्रह


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन अपिलसमेत गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा आउनसक्ने उच्च जोखिम रहेकोतर्फ सचेत गराउँदै गृह मन्त्रालयले आवश्यक सावधानी अपनाए रोगबाट बच्न सकिने जनाएको छ ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण नेपालमा नरहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको छ । गृह मन्त्रालयले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम स्थगन गरेको जानकारी दिँदै रोकथामका लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै होली पर्वका अवसरमा विगतमा झैँ भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउनसमेत गृहमन्त्रालयले अनुरोध गरेको छ । भीडभाडमा जाँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै सरकारले सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : २० बजे

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले

लाप्राक नमूना बस्ती (तस्बिर)

गोरखा– २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको