इरानमा कोरोना भाइरसका कारण सांसद्को मृत्यु « Khabarhub

इरानमा कोरोना भाइरसका कारण सांसद्को मृत्यु


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानमा कोरोना भाइरसका कारण सांसद्को मृत्यु भएको छ । गत २१ फेब्रुअरीमा भएको निर्वाचनमा राजधानी तेहरानबाट निर्वाचित सांसद फातेमा रहबरको शुक्रबार मृत्यु भएको इरानको तस्नीम समाचार संस्थाले जनाएको छ ।

कोरोनाभाइरसका कारण इरानमा हालसम्म १२४ जनाको ज्यान गइसकेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक ४ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण इरानका उच्च पदस्थ अधिकारीहरुको ज्यान गइसकेको छ भने अरु दर्जनौं यस्ता उच्च पदाधिकारीहरु संक्रमित भइसकेका छन् । बिहीबार इरानी विदेशमन्त्रालयका सल्लाहकार होसेन शेइखोलेसलामको मृत्यु भएको थियो ।

त्यस्तै, गतसाता इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीका मोहम्मद मिरमोहम्मदीको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

इरानमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयहरु ठप्प पाएिको छ भने ठूला सभा समारोह आयोजना नगर्न आह्वान गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ४० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको