साउदीमा २४ सै घण्टा कर्फ्यू, सतर्क रहन नेपालीलाई दूतावासको आह्वान « Khabarhub

साउदीमा २४ सै घण्टा कर्फ्यू, सतर्क रहन नेपालीलाई दूतावासको आह्वान


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – साउदी अरबमा कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको छ ।

यसअघि गत अप्रिल २३ मा राति ७ बजेदेखि विहान ६ बजेसम्मका लागि आंशिक कर्फ्यू जारी गरिएको सोमबारदेखि २४ घण्टा नै पुर्‍याइएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीको गृहमन्त्रालयले रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको जनाएको छ ।

कर्फ्यू आदेश जारी गरेको रियादस्थित नेपाली दूतावासले उक्त क्षेत्रमा रहेका नेपालीहरुलाई घरबाहिर ननिस्कने अपिल गरेको छ ।

सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरुलाई अपिल गरेको हो ।

साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म साउदी अरबमा २ हजार ५ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि रहेको दूतावासले जनाएको छ । साउदी अरबमा कोरोना भाइरसले ३८ जनाको ज्यान लिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : १० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक