प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यलाभको काामना गरेका हुन्।

जोनसन आईसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्‍जाल ट्वीटरमा लेखेका छन्।

कोरोना भाइरसले संक्रमित प्रधानमन्त्री जोन्सनको स्वास्थ्य अवस्था खराब बन्दै गएपछि उनलाई आइसियुमा भर्ना गरिएको डाउनिङ स्ट्रीटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीका एकजना प्रवक्ताले प्रधानमन्त्रीको चिकित्सक समूहको सल्लाह अनुसार उनी ‘उत्कृष्ट हेरचाह’ मा छन् ।
प्रधानमन्त्री जोन्सनले आवश्यक निर्णय लिने जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई दिएको पनि प्रवक्ताले जनाएका छन् ।
५५ वर्षीय प्रधानमन्त्री जोन्सनमा कोरोना भाइरस संक्रमणका लक्षणहरू लगातार देखिएपछि उनी आइतबार लण्डनस्थित अस्पताल भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा भने राखिएको छैन ।

यो पनि पढौं

ब्रिटिश प्रधानमन्त्री जोनसनलाई आईसीयूमा सारियो

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ५७ बजे

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम