प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यलाभको काामना गरेका हुन्।

जोनसन आईसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्‍जाल ट्वीटरमा लेखेका छन्।

कोरोना भाइरसले संक्रमित प्रधानमन्त्री जोन्सनको स्वास्थ्य अवस्था खराब बन्दै गएपछि उनलाई आइसियुमा भर्ना गरिएको डाउनिङ स्ट्रीटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीका एकजना प्रवक्ताले प्रधानमन्त्रीको चिकित्सक समूहको सल्लाह अनुसार उनी ‘उत्कृष्ट हेरचाह’ मा छन् ।
प्रधानमन्त्री जोन्सनले आवश्यक निर्णय लिने जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई दिएको पनि प्रवक्ताले जनाएका छन् ।
५५ वर्षीय प्रधानमन्त्री जोन्सनमा कोरोना भाइरस संक्रमणका लक्षणहरू लगातार देखिएपछि उनी आइतबार लण्डनस्थित अस्पताल भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा भने राखिएको छैन ।

यो पनि पढौं

ब्रिटिश प्रधानमन्त्री जोनसनलाई आईसीयूमा सारियो

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ५७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको