दाना नपाएर हैरान छन् माछा पालक कृषक | Khabarhub Khabarhub

दाना नपाएर हैरान छन् माछा पालक कृषक

काठमाडौंमै ढुवानीमा समस्या


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंका व्यवसायी अरुणकुमार सुवेदीले १६ रोपनी जमिनको पोखरीमा माछा पालेका छन् । बुढानीलकण्ठ नगरपालिकाको चुनिखेल, कौडोलमा उनका पोखरीमा ६० हजार माछा छन् ।

सुवेदीले माछालाई आवश्यकताअनुसार दाना दिन सकेका छैनन् । उनका अनुसार समस्या हो ढुवानीको । लकडाउनको १३ दिनसम्म पनि ढुवानीका लागि पास नपाएको उनले बताए ।

बाराका रमेश ठकुरी २० वर्षदेखि माछापालन व्यवसायमा छन् । उनले आफ्नो सबै जग्गामा पोखरी बनाएर माछा पालेका छन् । उनको आम्दानीको स्रोत माछा नै हो ।

ठकुरीको पोखरीमा अहिले करिब १ हजार ५ सय माछा छन् । यीमध्ये ६ सय माछा १० दिनअघि नै पोखरीबाट निकाल्ने बेला भएको हो तर निकाल्न सकेका छैनन् ।

ठकुरीका अनुसार यति माछालाई दैनिक १० किलो दाना चाहिन्छ । अहिले आवश्यकताअनुसार दाना पाउन नसकेको उनको भनाइ छ ।

‘पर्याप्त खुवाउने हो भने दिनमा १० किलो दाना चाहिन्छ’ उनले भने ‘अहिले दाना जोगाउने ५ किलो मात्र खुवाउँदै छु ।’

लकडाउनले ढुवानीमा समस्या भएको छ । उनका अनुसार व्यापारीले पनि मागेको भन्दा आधामात्रै दाना दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि ढुवानीमा समस्या भएको छ । बजारमा बिहान र बेलुका समयमा खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामग्री बिक्रीका लागि पसलहरू खुला हुन्छन् । माछामासुका पसल बन्द हुँदा माछा खपत पनि कमी आएको छ ।

नेपाल मत्स्य व्यवसायी संघका अनुसार यसअघि काठमाडौंमा मात्र दैनिक ६० क्विन्टलसम्म माछा खपत हुन्थ्यो । अहिले १० क्विन्टलमात्र खपत छ ।

बजारमा माछा खपत ह्वात्तै घटेपछि र ढुवानी समस्याका कारण उत्पादित माछा बजारमा नपुग्दा किसान मर्कामा परेका छन् । पोखरीबाट माछा निकाल्न नपाउँदा र पर्याप्त दाना दिन नसक्दा माछाको तौल घट्ने अर्का किसान राकेश चौधरी बताउँछन् ।

‘पुग्नेगरी दाना हाल्न सकिएको छैन, माछा पोखरीमै छटपटिन थालिसके’ उनले भने, ‘आवश्यकताअनुसार दाना खुवाउन सकिएन भने माछा पोखरीमै मर्छन् ।’

माछा बेच्न नसक्नु र पोखरीमै माछा मर्नु परिवार आर्थिक संकटमा पर्नु हो । बाराका धेरै किसान माछापालन व्यवसायमा छन् । उनीहरूको अम्दानीको स्रोत नै माछा हो ।

‘हामीसँग अन्न र तरकारी केही छैन,’ चौधरीको गुनासो छ, ‘माछा बेचेकै पैसाले छाक टार्नु पर्छ, यसरी पोखरीमै रहँदा माछा र हामी दुवै भोकै हुन्छौँ ।’

नेपाल मत्स्य व्यवसायी संघका अनुसार अहिले देशभर २ लाख ६५ हजार किसान माछा पालन व्यवसायमा संलग्न छन् ।

काठमाडौंमै ढुवानीमा समस्या

लकडाउनका समयमा अति आवश्यक सामग्री ओसारपसारका लागि सवारीसाधन चल्न दिने भने पनि कार्यान्वयन हुन सकेको छैन ।

संघीय राजधानी काठमाडौं उपत्यकामै पनि कतिपय किसानले अत्यावश्यक काममा सवारीसाधान चलाउन पाएका छैनन् ।

दाना ढुवानी गर्न पास नपाउँदा करिब ६० हजार माछा मर्ने अवस्थामा पुगेको सुवेदीले खबरहबलाई बताए ।

‘माछाका लागि बजारबाट फिर्ता आएको पाउरोटी र कुखुराको आन्द्रा ल्याएर उसिनेर खाना दिने गरेका थियौं’ सुवेदीले भने, ‘काठमाडौं जिल्ला प्रकाशन कार्यालय, काठमाडौं प्रहरी परिसर कृषि मन्त्रालय लगायत सम्बन्धित निकायमा हारगुहार गर्दा पनि पास पाइएन, माछा भोकले छटपटाएका छन् ।’

खपत घट्यो, दाना अभाव भयो : संघ

लकडाउनका कारण बजारमा माछाको माघ घटेको जिउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगबहादुर शाहले बताए ।

‘बजारमा माछाको खपत पनि छैन, खपत नभएपछि माग नहुने भयो’ शाहले भने, ‘आवश्यकताअनुसार दाना पनि पाइएको छैन ।’

माछालाई खुवाउने सिद्रा विदेशबाट आएपनि अन्य कच्चा समग्री भने स्वदेशमै पाइन्छ । सुकेको सिद्रा, मकै, गहुँ, तोरीको पिना, धान पिसेर पिठो बनाइन्छ ।

शाहका अनुसार पछिल्लो एक हप्तामा २५ टन दाना उपलव्ध भयो । बजारमा माछाका लागि दैनिक ९० टन दाना खपत हुन्छ ।

‘दैनिक ९० टन दाना भित्रिरहेको थियो’ उनले भने, ‘अहिले ढुवानीमा समस्या हुँदा हप्तामा २५ टन मात्र आएको छ ।’

माछाका भुरा उत्पादन गर्ने ह्याचरी फार्महरूले पनि काम गरेका छैनन् । जनकपुर, चितवन लगायत जिल्लाबाट माछाका भुरा आउन बन्द भएको पनि शाहले बताए ।

‘बजारमा जाने तयारीमा बारा जिल्लामा मात्र ३० हजार मेट्रिक टन माछा छ,’ मत्स्य व्यवसायी संघ बाराका पुर्वअध्यक्ष समेत रहेका शाहले भने, ‘पोखरीबाट निकाल्ने अवस्था छैन पोखरीमै राख्न दाना अभाव छ, मत्स्य व्यवसाय नै संकटमा परिसक्यो ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १० : १६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय