नागरिकको जीवनरक्षाभन्दा ठूलो कुरा अरु छैनः प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

नागरिकको जीवनरक्षाभन्दा ठूलो कुरा अरु छैनः प्रधानमन्त्री ओली


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षा भन्दा ठूलो कुरा अरु नभएको बताएका छन् ।

विश्वव्यापी कोरोना भाइसको संक्रमण महामारीका रुपमा फैलिरहेको अवस्थामा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो समयमा नागरिकको जीवन रक्षा नै पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

उनले विकसि राष्ट्रलाई आच्छु आच्छु पारिरेको हुँदा हम्मे हम्मेको अवस्थामा साझा ऐक्यवद्धता जनाउनु अपरिहार्य रहेको बताए ।

उनले देशबासीका नाममा सम्बोधन गर्दै सबैलाई एकजुट हुन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा खटिनेहरुको सेवा सुविधाको बन्दोबस्ती गरेको जानकारी दिए ।

“उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।”, प्रधानमन्त्री ओलीले भने ।

उनले यो विसम परिस्थितमा भ्रष्टाचार भएको घटना देखिएमा खबर गर्न आग्रह गरे । यस महामारीविरुद्ध आउने केही हप्ता साह्रा गाह्रोको सामना गर्न पनि आग्रह गरे ।

सुरक्षा प्रबन्ध व्यवस्थित बनाउन तथा भाइरसको संक्रमण फैलिन नदिन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : ३६ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।