चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ « Khabarhub

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने बताए । 

नेपाल र नेपाली आफ्नो मनमस्तिष्कमा सधैँ रहने उल्लेख गर्दै उनले नेपाल सरकार, कर्मचारी वर्ग, कूटनीतिक वृत्तका सहकर्मी, सञ्चारकर्मीका साथै नेपाली समाजका हरेक क्षेत्रबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । 

समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, उद्योगपति, वरिष्ठ सञ्चारकर्मी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । 
 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : ३२ बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले