३० हजार ५६६ क्वारेन्टाइन तयारी अवस्थामा - प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

३० हजार ५६६ क्वारेन्टाइन तयारी अवस्थामा – प्रधानमन्त्री ओली


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित जोखिमलाई आकलन गर्दै ३० हजार ५६६ व्यक्तिलाई राख्न मिल्ने गरी क्वारेन्टाइन तयारी अवस्थामा राखिएको बताएका छन् ।

राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी साता अझ भयावह हुने जनाउ समेत दिए ।

यस्तै अवस्थालाई ध्यानमा राखेर सरकारले उक्त क्षमताका क्वारेन्टाइन बनाएको उनले बताएका छन् । ती क्वारेन्टाइनमा ९ हजार १ सय ६८ जनालाई राखेर निगरानी बढाइएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

यस्तै ३ हजार २५९ क्षमताको आइसोलेसन बेड पनि तयार पारिएको उनले जानकारी दिएका छन् । ओलीका अनुसार ९५ जना आइसोलसनमा उपचारारत रहेका छन् ।

‘सरकार सकभर संक्रमण फैलन नदिन र फैलिनै हाले पनि त्यसलाई रोक्न तयारी अवस्थामा जुटेको छ,’ प्रधानमन्त्री ओलीले भने,’यसअवधिमा सातै प्रदेशबाट पीसीआर प्रविधिबाट परीक्षण सुरु गरिएको छ ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : ४६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन