कोरोना भाइरसको संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो– कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ ।

२६ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएका लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको आइतबार मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनी इजिप्टको कायरोस्थित एक अस्पतालमा उपचाररत थिए । अस्पतालमा उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाइएपछि बनेको अन्तरिम सरकारको प्रमुख थिए ।

सन् २०१२ मा उनले नेशनल फोर्सेस अलायन्स नामक राजनीतिक दलको स्थापना गरेका थिए ।

हृदयघातका कारण अस्पताल भर्ना भएको केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

लिबियामा बढ्दो हिंसाका बीच पछिल्लो केही समयदेखि जिब्रिल देश बाहिर बस्दै आएका थिए । लिबियामा भने हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भइसकेको छ । १ जना भने उपचार पछि निको भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १२ : ३८ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ