निक साइमन इन्स्टिच्यूद्वारा सरकारलाई भेन्टिलेटर र पीपीई हस्तान्तरण « Khabarhub

निक साइमन इन्स्टिच्यूद्वारा सरकारलाई भेन्टिलेटर र पीपीई हस्तान्तरण


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निक साइमन इन्स्टिच्यूटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र १० वटा पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।

निक साइमनका सीईओ डाक्टर अनिल श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा पुगेर उक्त स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।

निक साइमनबाट सहयोगमा प्राप्त पीपीई तथा भेन्टिलेटर स्वास्थ्य सेवा विभागले आवश्यकता परेका अस्पतालमा पठाउने तयारी गरेको विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले खबरहबलाई बताए ।

‘निक साइमनले पिपिइ र केही भेन्टिलेटर सहयोग गरेको छ, आज हस्तान्तरण भए पनि पीपीईहरु यसअघि नै विभागमा आइसकेको थियो । हामीले पीपीईहरु अस्पतालको आवश्यकता अनुसार वितरण गरिसकेका छौं,’ विभागका महानिर्देशक श्रेष्ठले भने, ‘भेन्टिलेटरहरु प्रदेशका अस्पतालमा भोलि (बुधबार) पठाउने तयारी गरेका छौं ।’

विभागका महानिर्देशक श्रेष्ठका अनुसार सहयोगस्वरुप प्राप्त १० वटा भेन्टिलेटर धनगढी, सुर्खेत, बुटवल र बाग्लुङ मा २–२ वटाका दरले पठाउने तयारी भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १ : ४० बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल