कोरोना संक्रमितको उपचारका लागि धौलागिरी अस्पतालमा आईसीयू निर्माण हुँदै « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि धौलागिरी अस्पतालमा आईसीयू निर्माण हुँदै


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– धौलागिरी अस्पताल बागलुङमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि सघन उपचार कक्ष निर्माण हुने भएको छ ।

सरकारको १ करोड रुपैयाँ र बाँकी अस्पतालको खर्चमा सघन उपचार कक्ष निर्माण हुने अस्पतालले जनाएको छ । यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा चार शय्याको आइसोलेसन कक्ष निर्माण गरेको थियो । अहिले २ शय्यामा बिरामी राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । बागलुङमा नै दुई जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेपछि ती दुबै जनालाई आइसोलेसन कक्षमा राखेर उपचार भैरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिए ।

‘कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) को अभाब रहेको छ,’ उनले भने, ‘त्यसैले अस्पतालले सघन उपचार कक्ष निर्माणको प्रक्रिया अघि बढाएको छ ।’

‘सघन उपचार कक्ष निर्माण र आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि मङ्गलबार बोलपत्र आह्वान गरिएको छ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भने, ‘सात दिनको समय राखेर बोलपत्र आह्वान गरिएको छ । हामी संरचना बनाउँछौं, त्यसका लागि प्रक्रियाको थालनी भइसकेको छ जतिसक्दो छिटो काम गर्न भनेका छौं ।’

नेपाल सरकारले धौलागिरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने भन्दै १ करोड बजेट विनियोजन गरेको छ । सरकारले पठाएको सोही रकम खर्च गरेर पूर्वाधार निर्माणको काम थालिएको अध्यक्ष रानाको भनाइ छ । सघन उपचार कक्ष निर्माण पश्चात श्वासप्रश्वास, मुटु र मृगौलालगायत समस्या भएका बिरामीको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि ध्यानमा राखेर तत्काल सघन उपचार कक्षको निर्माणको प्रक्रिया थालेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । ‘अब पूर्वाधारको पाटोका सबै काम हुन्छ,’ उनले भने, ‘आवश्यक जनशक्ति पठाउने काम सरकारको हो । आशा गरौं हामीले काम सक्दा जनशक्तिको पनि व्यवस्था हुनेछ ।’

यो अस्पताल कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्ने मुलुककै तेस्रो अस्पताल हो । ‘पहिलो काठमाडौंको टेकु, दोस्रो धनगढीको सेती प्रादेशिक र तेस्रो यो अस्पताल हो ।हामीले दुई हप्तादेखि २० दिन सम्ममा आईसीयू बनाउँछौं’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पोखरेलले भने, ‘जतिसक्दो छिटोबनाउने प्रयत्न भैरहेको छ ।’

साविक धौलागिरीका चार जिल्लाका झण्डै ६ लाख नागरिकको उपचार गर्नुपर्ने जिम्मेवारी बोकेको यो अस्पतालमा यतिखेर कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा चेकजाँचका लागि आउने बिरामीको चाप बढ्दो छ । बागलुङ जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पताल भएका कारण पनि यहाँ कोरोना संक्रमणको आशङ्कामा उपचार गराउन आउने बिरामीको चाप बढेको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : २२ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय