थर्मल गनको कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ « Khabarhub

थर्मल गनको कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको आशंकामा ज्वरो नाप्न प्रयोग हुने थर्मल गनको कालोबजारी गरेको आरोपमा नेपालको व्यवसायिक घराना शंकर ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका छन् ।

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

३ हजार ५ सय रुपैयाँ बजार मूल्य रहेको एउटा थर्मल गन १६ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले खबरहबलाई जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार सुलभले थर्मल गनको प्रयोगका लागि कुटनीतिक नियोगका व्यक्तिले प्रयोग गर्ने (निलो नम्बर प्लेट)को गाडी प्रयोग गरेका थिए । उनले आफू नेपालका लागि किर्गिस्तानको अवैतानिक कन्सुलर भएको बताएका प्रहरी स्रोतले जानकारी दियो ।

प्रहरीले उनको गाडीबाट ६७ थान थर्मल गन समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार केही दिन अगाडि नै अग्रवालले थर्मल गनको कालोबजारी गर्ने गरेको सूचना प्राप्त भएको थियो । सोहीअनुसार अपराध महाशाखाले आफ्ना केही प्रहरी कर्मचारीलाई व्यापारीको रुपमा अग्रवालसँग ‘डिल’ गर्न पठाएको थियो ।

‘हामीले व्यापारीको रुपमा डिल गर्दा उसले १६ हजार रुपैयाँ फाइनल प्राइज (अन्तिम मूल्य) भएको बतायो । तर, बजारमा थर्मल गनको मूल्य ३५ सय रुपैयाँ पर्छ,’ अपराध महाशाखाका एक अधिकारीले भने, ‘उनले विपदको समयमा अत्यावश्यक बस्तुको कालोबजारी गरिरहेको देखिएपछि हामीले पक्राउ गरेका हौं ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : ४३ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख