वैशाखमा सञ्चालन हुने भनिएको ११ र १२ कक्षाको परीक्षा स्थगित « Khabarhub

वैशाखमा सञ्चालन हुने भनिएको ११ र १२ कक्षाको परीक्षा स्थगित


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका कारण वैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तोकिएको कक्षा १२ र २१ गतेदेखि सञ्चालन हुने गरी तोकिएको कक्षा ११ को परीक्षा स्थगित गरिएको हो ।

बोर्डले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम बढेको असहज परिस्थितिका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

बोर्डले हालको संक्रमणकालीन अवस्थामा सुधार भइ जनजीवन सामानय अवस्थामा फर्किने स्थिति भए स्थगित भएको परीक्षाको नयाँ तालिका जारी गरिने जनाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ०६ बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस