वैशाखमा सञ्चालन हुने भनिएको ११ र १२ कक्षाको परीक्षा स्थगित | Khabarhub Khabarhub

वैशाखमा सञ्चालन हुने भनिएको ११ र १२ कक्षाको परीक्षा स्थगित


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका कारण वैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तोकिएको कक्षा १२ र २१ गतेदेखि सञ्चालन हुने गरी तोकिएको कक्षा ११ को परीक्षा स्थगित गरिएको हो ।

बोर्डले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम बढेको असहज परिस्थितिका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

बोर्डले हालको संक्रमणकालीन अवस्थामा सुधार भइ जनजीवन सामानय अवस्थामा फर्किने स्थिति भए स्थगित भएको परीक्षाको नयाँ तालिका जारी गरिने जनाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ०६ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको