कोरोनाविरुद्धको सरकारी कोषमा संघीय संसदबाट १ करोड जम्मा « Khabarhub

कोरोनाविरुद्धको सरकारी कोषमा संघीय संसदबाट १ करोड जम्मा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले खडा गरेको राहात कोषमा संघीय संसदबाट हालसम्म १ करोड बढी रकम जम्मा भएको छ ।

संघीय संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, विभिन्न दलका सांसद, सभामुख तथा अध्यक्षको सचिवालयका कर्मचारी, संघीय संसद सचिवालयका कर्मचारीको तलबाट कट्टा गरी १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ जम्मा गरिएको हो ।

सरकारी कोषमा सभामुख अग्नि सापकोटाबाट ६७ हजार ३ सय २०, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट पनि ६७ हजार ३ सय २० तथा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालबाट ७० हजार ७ सय ३० रुपैयाँ जम्मा भएको छ ।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ९५ जना सांसदको तर्फबाट ६३ लाख २ सय ५ सय ९० रुपैयाँ सरकारी कोषमा जम्मा भएको छ ।

सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षको सचिवालयमा कार्यरत कर्मचारीको तलबबाट २१ लाख ४६ हजार, संघीय संसद सचिवालयका स्थायी कर्मचारीको तर्फबाट ११ लाख ४६ हजार ७ सय ७९ रुप्ैयाँ र करार कर्मचारीका तर्फबाट २ लाख ६३ हजार रुपैयाँ जम्मा भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवका तर्फबाट ६४ हजार ७० र राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडेलका तर्फबाट ३२ हजार ३५ रुपैयाँ जम्मा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ५० बजे

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपाका नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी