कोरोनाविरुद्धको सरकारी कोषमा संघीय संसदबाट १ करोड जम्मा | Khabarhub Khabarhub

कोरोनाविरुद्धको सरकारी कोषमा संघीय संसदबाट १ करोड जम्मा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले खडा गरेको राहात कोषमा संघीय संसदबाट हालसम्म १ करोड बढी रकम जम्मा भएको छ ।

संघीय संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, विभिन्न दलका सांसद, सभामुख तथा अध्यक्षको सचिवालयका कर्मचारी, संघीय संसद सचिवालयका कर्मचारीको तलबाट कट्टा गरी १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ जम्मा गरिएको हो ।

सरकारी कोषमा सभामुख अग्नि सापकोटाबाट ६७ हजार ३ सय २०, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट पनि ६७ हजार ३ सय २० तथा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालबाट ७० हजार ७ सय ३० रुपैयाँ जम्मा भएको छ ।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ९५ जना सांसदको तर्फबाट ६३ लाख २ सय ५ सय ९० रुपैयाँ सरकारी कोषमा जम्मा भएको छ ।

सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षको सचिवालयमा कार्यरत कर्मचारीको तलबबाट २१ लाख ४६ हजार, संघीय संसद सचिवालयका स्थायी कर्मचारीको तर्फबाट ११ लाख ४६ हजार ७ सय ७९ रुप्ैयाँ र करार कर्मचारीका तर्फबाट २ लाख ६३ हजार रुपैयाँ जम्मा भएको छ ।

यस्तै, संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवका तर्फबाट ६४ हजार ७० र राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडेलका तर्फबाट ३२ हजार ३५ रुपैयाँ जम्मा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ५० बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई