भारतीय अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ « Khabarhub

भारतीय अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको अस्पतालबाट सिसा फोरेर भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सोमबार अस्पतालबाट भागेका थिए ।

सुनसरीस्थित भोक्राहाका भएको ती नेपालीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि शुक्रबार उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।

तर सोमवार राति नै अस्पतालबाट झ्यालको सिसा फुटाएर उनी भागेपछि बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

१० वटा टोली परिचालन गरेर उनलाई पुनड्ड नियन्त्रणमा लिइएको बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले जानकारी दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ५ : ५० बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ