लकडाउन उल्लघ‌ंन गर्ने १ हजार ५९५ जना पक्राउ « Khabarhub

लकडाउन उल्लघ‌ंन गर्ने १ हजार ५९५ जना पक्राउ


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्ने झन्डै १६ सय जना पक्राउ परेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरबाट गरी प्रहरीले मंगलबार १ हजार ५ सय ९५ जनालाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइ ३ घण्टासम्म होल्ड गरेर छाडिएको जानकारी दिए ।

प्रहरीका अनुसार लकडाउन उल्लंघन गर्ने क्रममा बिहानीको समयमा बढी हुने गर्छ । मंगलबार पनि बिहान ८ बजेसम्म मात्रै १ हजार ३ सय ३१ जना लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए ।

यस्तै, प्रहरीले मंगलबार लकडाउन उल्लंघन गर्ने ५ सय ४५ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ०१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले