कोरोना प्रभावित अर्थतन्त्र चलायमान बनाउन प्रयत्न गर्ने गभर्नर अधिकारीको प्रतिवद्धता « Khabarhub

कोरोना प्रभावित अर्थतन्त्र चलायमान बनाउन प्रयत्न गर्ने गभर्नर अधिकारीको प्रतिवद्धता


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संक्रमणले बिग्रिएको व्यावसायिक वातावरणलाई ठिकठाक बनाउन आफूले सक्दो प्रयत्न गर्ने उनले जनाएका छन् । यसका लागि राष्ट्र बैंकले कार्यक्रम ल्याउँने उनले प्रष्ट्याएका छन् ।

गभर्नरको पदबहालीपछि नेपाल राष्ट्र बैंकले राखेको स्वागत कार्यक्रममा अधिकारीले मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने जनाएका छन् ।

केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको भन्दै अधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ०२ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान