हालसम्म लकडाउन उल्लंघन गर्ने ५ हजार १९१ सवारी साधन नियन्त्रणमा « Khabarhub

हालसम्म लकडाउन उल्लंघन गर्ने ५ हजार १९१ सवारी साधन नियन्त्रणमा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ ।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा समेत ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ गरेको जानकारी दिएको हो ।

मंगलबार मात्र ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५ सय १० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

बिहान ६ बजे देखि दिउँसो ४ बजे सम्म उक्त उक्त संख्यामा सवारी साधन नियन्त्रणमा लिइएकाे हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेर सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ ।

भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन लागू गरिरहेको छ ।

लकडाउनको उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित वेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लंघन गर्ने ५,१९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।

पाससम्बन्धी नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्धारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जानकारी गराएको ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने- “अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिवाट खारेज भएको छ ।”

पास भएकालाई पनि विशेष निगरानी

पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : १७ बजे

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत